आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘जय हो’ ले काठमाडौँमा पोस्टर नटाँस्ने

आइतबार, २८ साउन २०८०, १४ : २५
आइतबार, २८ साउन २०८०

काठमाडौँ  । आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा  विदेश र नेपालमा एक साथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’ ले काठमाडौँमा फिल्मको पोष्टर नटास्ने भएको छ ।  काठमाडौँ सुन्दर बनाउने अभियानमा साथ दिन फिल्मको फोष्टर नटास्ने निर्णय गरेको निर्माता शोभित बस्नेतले बताए । बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि फिल्मका पोष्टर नटास्न अनुरोध समेत गर्ने भएका छन् ।

‘काठमाडौँ सफा राख्नु सबै नागरिकको दायित्व हो’ बस्नेतले भने । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी अधिकारी र सलोन बस्नेतका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन  समीर मियाँको  भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप