आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

आइतबार, २८ साउन २०८०, १५ : ०१
आइतबार, २८ साउन २०८०

जयपुर (राजस्थान) । राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो । घटनालगत्तै ७ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् । 

यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ) का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप