सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन हातमा लियो : सहमहामन्त्री परियार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले सांसद डा. सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन हातमा लिएको बाएका छन् ।
आइतबार पार्टी संसदीय दलको बैठकमा उनले सांसद शर्मालाई कानुन विपरीत पक्राउ गरिएको बताए । ‘हाम्रै पार्टीका सांसदलाई दिनदाहाडै जेल हाल्ने प्रयत्न भयो, सुनीलजी रिहा भएर आउनुभएको छ । सभामुखलाई जानकारी नगराइकन पक्राउ गर्न पाइँदैन,’ परियाले भने,‘ कानुन हातमा लिने काम सरकारले गरेको छ । आज सुनीललाई पर्यो, भोलि अरूलाई पर्ला ।’
यस्तै उनले सुन तस्करी प्रकरणमा हङकङ विमानस्थललाई प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, ‘हङकङमा पनि चेकजाँच हुन्छ होला नि ? हाम्रो त्रिभुवन विमानस्थलभन्दा अत्याधुनिक सामग्री त्यहाँ होला नि ? किन हामीले हङकङको विमानस्थललाई त्यो प्रश्न नगर्ने ? प्रश्न गर्न जरुरी छ ।’
बैठकमा अर्थमन्त्री महतले सुन तस्करीबारे हङकङमा पत्र पठाएको बताएका थिए ।
‘हामीले हङकङलाई पनि चिठि पठाएका छौं । को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ महतको भनाइ छ ।