सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिम्रिक एयरले उड्डयन प्राधिकरणलाई तिर्‍यो ५५ लाख बक्यौता

आइतबार, २८ साउन २०८०, १८ : २१
आइतबार, २८ साउन २०८०

काठमाडौँ । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले नेपाल नागरिक उड्डयन  प्राधिकरणलाई तिर्न बाँकी ५५ लाख रुपैयाँ बक्यौता तिरेको छ । 

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सिम्रिक एयर प्रा.लि.ले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तिर्न बाँकी कूल ५५ लाख १२ हजार ११२ रुपैयाँ १६ पैसा रहेकोमा कम्पनीले साउन २८ गते सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको जनाएको हो ।

यसअघि कम्पनीले बाँकी बक्यौता नतिरेपछि प्राधिकरणले एक हप्ताको समय दिँदै साउन २१ गते कम्पनीलाई पत्र पठाएको थियो । पत्र पाएको ठिक एक हप्तामा कम्पनीले प्राधिकरणको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप