आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

आइतबार, २८ साउन २०८०, २० : ४७
आइतबार, २८ साउन २०८०

विराटनगर ।  जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

 ‘मृतकका आफन्तले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो,’ उनले भने । पक्राउ परेका दुवै जनालाई आइतबारदेखि लागू हुनेगरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी मृत्युको घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

मादी नगरपालिका–५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पनि पीडित पक्षले कुटपिटमा संलग्न १० जना प्रहरीको नाम सार्वजनिक गर्न माग गर्दै आएको थियो  ।

प्रहरीले पनि विज्ञप्ति जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट कुटपिट भएको स्वीकारेको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप