आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रोयल इनफिल्डको ‘लेडी राइडर मिट’ सम्पन्न, तस्बिरमा हेर्नुहोस्

रोयल इनफिल्डको ‘लेडी राइडर मिट’ सम्पन्न, तस्बिरमा हेर्नुहोस्

सोमबार, २९ साउन २०८०

काठमाडौँ । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर मिट’ कार्यक्रम आयोजन गरेको हो । कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता भएको थियो । 
यस कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहन्दी संस्कृति संरक्षण/प्रवर्धन तथा प्रवर्द्धन गर्नु रहेको बताइएको छ । साउन २६ गते दिउँसो २ बजेदेखि रोयल इनफिल्डको नक्साल शोरूममा सुरु भएको यो कार्यक्रममा महिला राइडरहरूका लागि साउनको सांस्कृतिक महिना मनाउन मेहन्दी कार्यक्रम आयोजना गरिएको थियो ।

 जहाँ राइडरहरूको इच्छा अनुसार मेहन्दी कला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको कम्पनीको भनाइ छ । मेहन्दी कार्यक्रम पछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सो क्रममा उनीहरुलाई नयाँ क्लासिक ३५०सीसी र स्क्राम ४११सीसीको अन रोड अनुभव प्राप्त गर्न टेस्ट राइड गराइएको थियो । सहभागी महिला राइडरहरुलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत–सत्कार गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया