आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोनापुर सिमेन्टको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

सोमबार, २९ साउन २०८०, १० : ३७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयलले आजदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि उद्योग प्रभावित क्षेत्र दाङ र पाल्पाका स्थानीयका लागि आईपीओ बिक्री खुलाएको हो ।

स्थानीयसँगै आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समेत आवेदन दिन पाउनेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अङ्कित सेयरमा १२५ रुपैयाँ थपेर प्रतिकित्ता २२५ रुपैयाँमा बिक्री खुलाएको हो ।

उद्योगको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको छ । यसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा जानेहरूका लागि १० लाख ७६हजार २६८ कित्ता सेयर छुट्याइएको जनाइएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ भने भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सो अवधिमा आवेदन नपरेमा भदौ २६ गतेसम्म म्याद थप हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप