आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आमाबुवाले एउटा बच्चालाई ध्यान दिँदा अरू बच्चामा पर्छ नकारात्मक असर, डिप्रेसनको पनि खतरा

सोमबार, २९ साउन २०८०, ११ : ३०
सोमबार, २९ साउन २०८०

आमाबुवाले भन्ने गर्छन् – सबै आफ्नै छोराछोरी हुन् त्यसैले बराबरी माया लाग्छ । तर यो कुरा शत प्रतिशत साँचो होइन । आमाबुवाले अस्वीकार गर्छन् तर वास्तविकता के हो भने अभिभावकको पनि आफ्नो ‘गोप्य प्रिय’ सन्तान हुन्छन् । विभिन्न अनुसन्धानका अनुसार विश्वभरिका भिन्न–भिन्न संस्कृतिका ६५ प्रतिशत परिवारमा यस्तै हुन्छ । 

अनुसन्धानमा पाइए अनुसार बालबालिकाबीच यस्तो खालको व्यवहारले उनीहरूको मानसिक स्थिति र पारिवारिक सम्बन्धमा लामो समयसम्म नकारात्मक असर पर्छ । यस्तो व्यवहार भावनासँग सम्बन्धित समस्याको महत्त्वपूर्ण कारण मानिन्छ । 

पेरेन्टल डिफरेन्सियल ट्रिटमेन्ट

मनोवैज्ञानिकले यसलाई पिडिटी अर्थात् प्यारेन्टल डिफरेन्सियल ट्रिटमेन्ट नाम दिएका छन् । विशेषज्ञका अनुसार बालबालिकाले निकै कम उमेरदेखि नै व्यक्तिको व्यवहार बुझ्ने गर्छन् । आमाबुवाले आफूसँग र अन्य भाइ बहिनीसँग कस्तो व्यवहार गर्छन् बच्चाले राम्रोसँग बुझ्छन् । 

यसले गर्दा बालबालिकामा आत्मसम्मानमा कमीका साथै चिन्ता, डिप्रेसन र जोखिमयुक्त व्यवहार जस्ता समस्या सुरु हुन्छन् । क्यानडामा घरबाट भागेका ८ बालबालिकामध्ये ७ यस कारण भागेका थिए किनभने उनीहरूलाई लाग्थ्यो कि उनीहरूका आमा–बुवाले उनका भाइ–बहिनीमाथि बढी ध्यान दिन्छन् ।

बालबालिकालाई यस्तो लाग्यो भने कारण सोध्नुपर्छ

आमाबुवाले आफ्ना छोराछोरीलाई यस्तो किन लाग्छ भनेर सोध्न सक्छन् । उनीहरूको कुरा सुनेपछि आफूले पनि गल्ती छ भने सच्याउने र छोराछोरीलाई पनि उनीहरुले बुझ्ने गरी यस्तो होइन, यस्तो हो भनेर सिकाउनुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप