आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सीआईबीले टक्सार महाशाखालाई पठायो सुन जोख्ने पत्र

सोमबार, २९ साउन २०८०, ११ : ३७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्ने पत्र पठाएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले सीआईबीबाट पत्र आएको रातोपाटीलाई जानकारी दिएका हुन् ।

यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको हो । आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको जानकारी दिए ।

उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने रातोपाटीलाई बताए । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।

तर, यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ । आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन जोख्न लाग्ने महाशाखाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप