आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘इलामैको चिया बगान’ मा जंगसँग नग्माको रोमान्स

सोमबार, २९ साउन २०८०, ११ : ५१
सोमबार, २९ साउन २०८०

काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् ।  सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् । 

भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप