आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन  : राहुल महरा

सोमबार, २९ साउन २०८०, १२ : ५२
सोमबार, २९ साउन २०८०

काठमाडौँ । भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले  बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका छन् ।  सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै महराले असन्तुष्टि समेत जनाएका हुन् ।

पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुल महराले  राज्यको निकायले अनुसन्धान गरिरहेको पूर्ण रुपमा सहयोग गर्ने बताउँदै  प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने जिकिर गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् :

हाम्रो विषयमा  केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।

सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो । सञ्चारमाध्यमबाट एकोहरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ । 

हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा,  केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।

राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका  छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप