आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादीद्वारा प्रदेश समन्वय समिति विघटन

सोमबार, २९ साउन २०८०, १४ : १५
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो । 

माओवादीका एक नेताका अनुसार विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको छ ।   

यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको उनको भनाइ  छ । स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था गरिएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप