आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादीको सर्कुलर

माओवादीको विशेष अभियान : २५ लाख जनतामा पुग्ने यस्तो छ कार्ययोजना (पूर्णपाठसहित)

सोमबार, २९ साउन २०८०, १४ : ३१
सोमबार, २९ साउन २०८०

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने भएको छ । गत साउन(१७–२१)सम्म राजधानीको कमलादीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो । 

बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता/मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ । 

यस्तै योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण पनि पहिलो चरणमा गर्नेछ । 

यस्तै दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्नेगरी कार्यक्रम बनाइएको एक नेताले बताए । 

ती नेताका अनुसार तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम सञ्चालन गरिनेछ । 

अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरिएको छ । यससम्बन्धी जानकारी दिन मातहतका कमिटीमा सोमबार पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्‍याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ । 

तीन महिने अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ । त्यस्तै अभियानको संयोजन र सञ्चालन प्रदेशका इन्चार्जहरूले गर्ने, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूलाई अन्तरप्रदेश खटाउने निर्णय गरेको छ । 

यसअघि ८ औं महाधिवेशनले तय गरेको कम्तीमा एक वडा एक उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सरकारले ल्याउने उल्लेख छ । 

यस्तो छ विशेष अभियानको कार्यक्रमः

3-month-work-plan-13-month-work-plan-23-month-work-plan-3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप