आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनी–अमिषाको फिल्म ‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?

सोमबार, २९ साउन २०८०, १६ : २७
सोमबार, २९ साउन २०८०

बलिउड अभिनेता सनी देओल तथा अभिनेत्री अमिषा पटेल  फिल्म गदर–२ बाट निकै लामो समयपछि पर्दामा शानदार फिर्ती गरेका छन् । गदर–२ फिल्म अगस्ट ११ मा रिलिज भएको हो । रिलिज भएदेखि नै फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । 

सोसल मिडियामा सेयर गरिएको भिडियोमा गदर–२ हेर्नका लागि दर्शकको भीड सिनेमाघरमा जुटिरहेको देख्न सकिन्छ ।  रिलिज भएको तीन दिनमा फिल्मले राम्रो कमाई गरिरहेको छ । 

फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर फिल्मले सुरुवाती तीन दिनमा करिब १३४ करोड भारु कमाएको जानकारी दिएका छन् । फिल्मले शुक्रवार ४०, शनिवार ४३ र आइतबार लगभग ५१ करोड भारु कमाएको छ ।

गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो । त्यति बेला पनि फिल्मले शानदार प्रदर्शन गरेको थियो । 

गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सनी देओल र अमिषा पटेलबाहेक उत्कर्ष शर्माको पनि अभिनय छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप