आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल !

सोमबार, २९ साउन २०८०, १७ : ५८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो  ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो । 

राजश्व अनुसन्धान विभागका महानिर्देशक  नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो ।

सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप