सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडको संघर्षपूर्ण जीत

मङ्गलबार, ३० साउन २०८०, ०९ : १७
मङ्गलबार, ३० साउन २०८०

म्यानचेस्टर । राफायल भरानको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा युनाइटेड १–० गोलले विजयी बनेको हो ।

निकै निरश खेल प्रदर्शन गरेको युनाइटेडका लागि खेलको ७६ औँ मिनेटमा भरानले आरोन वान–विसाकाको पासमा गोल गरे । भरानको उक्त गोल नै जीतका लागि काफी बन्यो । पछिल्ला ४ वर्षमा दुई टोली बीच भएका ११ खेलमध्ये दुई मात्र एकभन्दा बढी गोल भएका भएका छन् ।

जीतपछि युनाइटेड लिगको सातौँ स्थानमा रहेको छ । पहिलो चरणको खेलपछि गोलअन्तरको आधारमा न्युक्यासल शीर्ष स्थानमा रहेको छ भने ब्राइटन दोस्रो र साबिक विजेता म्यानचेस्टर सिटी लिग तालिकाको तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप