सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोर्टवा घाइते भएपछि रियलद्वारा केपा अनुबन्ध

मङ्गलबार, ३० साउन २०८०, ०९ : २०
मङ्गलबार, ३० साउन २०८०

मड्रिड । स्पेनिस महारथि रियल मड्रिडले स्पेनका गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट सिजन लामो ऋणमा अनुबन्ध गरेको छ ।

रियलका नम्बर वान गोलकिपर थियाबट कोर्टवा घाइते भएपछि उनको स्थानमा २८  वर्षीय खेलाडीलाई अनुबन्ध गरिएको हो । लिगामेन्टमा चोटका कारण कोर्टवाले सिजनको लामो समय गुमाउनु पर्ने भएको छ ।

सन् २०१८ मा गोलकिपरका लागि कीर्तिमानी ७.१ करोड पाउन्ड खर्चदै चेल्सीले केपालाई एथ्लेटिक बिल्बाओबाट अनुबन्ध गरेको थियो । त्यस यता उनले क्लबका लागि १६३ खेल खेलेका छन् । 

तर, यो सिजन चेल्सीले रोबर्ट सान्चेजलाई भित्र्याएपछि उनको स्थान धरापमा परेको थियो । ब्राइटनबाट २.५ करोड पाउन्डमा भित्रिएका सान्चेजलाई आइतबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलमा सुरुवात गराइएको थियो ।

यसअघि चेल्सीले सेनेगलका गोलकिपर एडवार्ड मेन्डीलाई साउदी प्रो–लिग क्लब अल–अहलीलाई बिक्री गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप