आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मङ्गलबार, ३० साउन २०८०, १२ : ४४
मङ्गलबार, ३० साउन २०८०

काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा १०ः५५ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित पटिएको र उक्त मोटरसाइकलमा सवार पुरुष विपरित दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको  मुनी छिर्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईत भएका न्यौपानेको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । 

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप