आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थाइल्याण्डका नेपालीभाषीलाई गैरआवासीय नेपाली परिचय पत्र दिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग आग्रह

मङ्गलबार, ३० साउन २०८०, १६ : १४
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकहरुको एक समूहले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गरेका छन् । 

मंगलबार थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले अध्यक्ष तिमिल्सिनालाई  सिंहदरबारमा भेटेर यस्तो आग्रह गरेका हुन । 

भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली भाषी नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिएको उनका प्रेस सल्लाहाकार दुर्गाप्रसाद शर्माले जनाएका छन् । 

थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाईल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ । गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताएकी छन् । थाईल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप