आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने

मङ्गलबार, ३० साउन २०८०, १६ : ३१
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै परिषद्ले  भदौ १५ देखि २० गतेसम्म नाम दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।

‘स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रमा परीक्षामा २०८० साल भाद्र महिनाको १५ देखि २० गतेसम्म सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सूचनामा भनिएको छ ।  

परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्रबारे www.nhpc.gov.np मा सूचना प्रकाशन गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप