आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ३० साउन २०८०, २१ : ३५
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुरफरहदवा घर भएका रंजित शाह तेली छन् । 

३८ वर्षीय रंजित बलात्कार मुद्दामा फरार रहेको रौतहटका डिएसपी उमाशंकर प्रसाद यादवले रातोपाटीलाई बताए । राजपुर–५ स्थित उनकै होटलबाट पक्राउ गरेर रंजितलाई अदालतमा उपस्थित गराइएको डिएसपी यादवले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप