सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको गोलवर्षा जारी, मियामी फाइनलमा

बुधबार, ३१ साउन २०८०, ०९ : २०
बुधबार, ३१ साउन २०८०

मियामी । लियोनेल मेस्सीले गोल वर्षा जारी राख्दा इन्टर मियामीले फिलाडेल्फियालाई हराउँदै लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मियामी ४–१ गोलले विजयी बनेको हो ।

खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले मियामीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा ३६ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा जोर्डी अल्बाले मियामीका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको ७३ औँ मिनेटमा अलेहान्द्रो बेडोयाले फिलाडेल्फियाका लागि एक गोल फर्काए पनि ८४ औँ मिनेटमा डेभिड रुइजले मियामीका लागि चौथो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । योसँगै टोली शनिबार हुने फाइनल खेलमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप