सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकदिवसीय विश्वकपका लागि सन्न्यासबाट फर्किँदै स्टोक्स

बुधबार, ३१ साउन २०८०, ०९ : ५६
बुधबार, ३१ साउन २०८०

लण्डन । एकदिवसीय विश्वकपको उपाधि  रक्षाका लागि बेन स्टोक्स इंग्ल्याण्डको टोलीमा पुनः फर्किने भएका छन् । बीबीसीका अनुसार बुधबार नै यस विषयको टुङ्गो लाग्नेछ ।
३२ वर्षीय खेलाडी सन्न्यासबाट फर्किँदै सेप्टेम्बरमा हुने न्युजिल्याण्डविरुद्धको चार खेलको शृङ्खलामा टोलीमा समावेश गरिने बताइएको छ । उक्त टोलीका अधिकांश सदस्य अक्टोबर र नोभेम्बरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको टोलीमा समावेश गरिनेछन् ।

सन् २०१९ मा इंग्ल्याण्डले पहिलोपटक विश्वकप जित्दा स्टोक्स फाइनलमा प्लेयर अफ म्याच घोषित भएका थिए । त्यसपछि इंग्ल्याण्डका अलराउन्डरले तीनवटै फर्म्याट खेल्न गाह्रो हुने बताउँदै गत वर्ष एकदिवसीयबाट सन्न्यासको घोषणा गरेका थिए ।

त्यसयता उनले इंग्ल्याण्डको टोलीलाई टेस्टमा नेतृत्व गर्नुका साथै टी–२० खेलहरू खेलिरहेका थिए । गत नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड डबल च्याम्पियन बन्न पुगेको थियो । फाइनलमा स्टोक्सले नटआउट रहँदै अर्थशतक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप