आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘खोटाङ प्रतिभा २०८०’ को विजेता बने आश्विन र कविता

बुधबार, ३१ साउन २०८०, १० : ४०
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । ‘खोटाङ प्रतिभा–२०८०’ को विजेता आश्विन राई र कविता श्रेष्ठ भएका छन् । राई गायन तर्फको विजेता बनेका हुन्, भने श्रेष्ठ नृत्य तर्फको विजेता भएकी छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके)को सह–आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा दुबैले उपधि जितेका हुन् । 

त्यस्तै प्रतियोगितामा गायनतर्फ प्रदीप राई दोस्रो, लक्ष्मण परियार तेस्रो बन्दा नृत्य तर्फ सुवास विश्वकर्मा दोस्रो र मनिता राई तेस्रो भए ।

खोटाङका लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई जनही नगद दुई लाख दुई हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै बिजेताले बेलायतको कार्यक्रममा सहभागसिको अवसर समेत प्राप्त गरे । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद एकलाख एक हजार र तेस्रो हुनले ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा गायकतर्फ शम्भु राई, कुन्ति मोक्त्तान र सुरेश अधिकारी रहेका थिए भने नृत्यतर्फ कमल राई, महेश गदार र रोहिया मर्हजन रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप