आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनको टिकौलीमा दुर्घटना हुँदा २० जना घाइते

बुधबार, ३१ साउन २०८०, १३ : ३१
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । चितवनको टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा  २० जना घाइते भएका छन् । मोटरसाइकल, स्कुल बस र शव बोकेको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी बिजय पण्डितले रातोपाटीलाई बताए । 

ना.२ च ८४४६ नम्बरको शव बोकेको गाडी र अरू सवारी आपसमा ठोक्किएका थिए । घटनास्थलमा पुगेर प्रहरीले घाइतेहरूको उद्धार गरेको छ ।

घाइते हुनेहरुमा चितवन खैरहनी नगरपालिका ४ बस्ने कृष्णबहादुर तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपलिका १४ बस्ने मोहन तामाङ, चितवन खैरहनी नगरपालिका १ का जितबहादुर तामाङ, चितवन रत्ननगर नगरपालिका १४ का कुसुमराज राना, सोही स्थानका सुरेश श्रेष्ठ, रत्ननगर नगरपालिका ९ का किशोर तामाङ, रत्ननगर १४ बस्ने डोलबहादुर कार्की, सोही स्थान बस्ने पुर लामा, बुद्रिराम तामाङ, रतन्नगर १६ बस्ने रेशम पोखरेल, सोही स्थान बस्ने दिलबहादुर घिसिङ, काठमाडौँ गोकर्ण नगरपालिका ४ बस्ने तारा श्रेष्ठ घाइते भएका छन् । 

त्यस्तै बोलेरोमा सवार नवलपुर गैडाकोट लोकराज लामा, चितवन नगरपालिका १४ बस्ने आइतराम कामी, सोही स्थान बस्ने पुष्प तामाङ, कृष्ण लामा, रत्ननगर नगरापलिका ३ बस्ने गोपाल तामाङ र सोही स्थान बस्ने जीवन लामा पनि घाइते भएका छन् । 

त्यस्तै चितवन रत्ननगरनगरपालिकाका १४ का शंकर परियार पनि घाइते भएका छन् । परियार बाप्र ०३–००६ प९९८१ नम्बरको मोटरसाइकल चालक हुन् । सो मोटरसाइकलमा सवार सोही स्थानमा बस्ने दिवस शाक्य पनि घाइते भएका छन् ।  घाइतेहरुको पुरानो र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । (समाचारमा २० जना हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक) 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप