सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगम घेराउ

बुधबार, ३१ साउन २०८०, १३ : ४२
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको छ । 

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।

निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

petroleum protest (1)petroleum protest (2)petroleum protest (3)petroleum protest (4)petroleum protest (5)petroleum protest (6)petroleum protest (7)petroleum protest (8)petroleum protest (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप