आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठ सवारी साधन एकै ठाउँमा ठोक्किए : २० जना  घाइते, सात गम्भीर

बुधबार, ३१ साउन २०८०, १४ : ३५
बुधबार, ३१ साउन २०८०

चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । 

सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१,  बा प्र ०३–००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६–००१  प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएका थिए ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप