आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर वृद्धिको निर्णय पुनरावलोकन गर्न एमालेको माग

बुधबार, ३१ साउन २०८०, १७ : ५४
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेकपा एमाले झापाले जिल्लाका पालिकाहरूले गरेको कर वृद्धिको निर्णय पुनरावलोकन गर्न माग गरेको छ । अध्यक्ष दीपक कार्कीले विज्ञप्ति जारी गर्दै पालिकाहरूले गरेको कर वृद्धिबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो परिस्थितिमा करको दायरा बढाउँदै चुहावट रोक्नु उपयुक्त विकल्प हुने बताएका छन् ।

‘केन्द्र सरकारको रवैयाले संकटग्रस्त बनेको अवस्थामा आम नागरिकहरूको भावनालाई समेत मध्यनजर गर्दै कर वृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न आग्रह गर्दर्छौँ’, कार्कीले भनेका छन्, ‘कानुन त करका दायरा क्षेत्रको पहिचान गरी कर चुहावटलाई नियन्त्रण गर्दै आर्थिक रूपमा सक्षम, दिगो र नागरिकप्रति जबाफदेही स्थानीय सरकार निर्माण गर्न सबै स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरूसँग अपिल गर्दर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप