आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

बुधबार, ३१ साउन २०८०, १८ : ०९
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् । 

स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप