आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिबीको गजलमा रविना र भुवनको रोमान्स

बिहीबार, ३२ साउन २०८०, ०९ : ०७
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ ।

कुसल सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा उद्धव नेपाल, सिसेमी लिम्बु र कृष्ण चौलागाइको समेत अभिनय छ ।

एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा विनोद तामाङको छायाङ्कन र  टेकेन्द्र शाहको सम्पादन  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप