आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिर्के खोलाको दायाँबायाँ गाडियो पाँच सय पिल्लर

बिहीबार, ३२ साउन २०८०, १२ : १५
बिहीबार, ३२ साउन २०८०

कास्की । कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि  सिमाङ्कन गर्न सुरु गरेको थियो । 

वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्का वडानं १८ बेँसीटोल पुगेको छ ।
यस कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सिमाङ्कन भएको क्षेत्रमा पाँच सय बढी पिल्लर तथा चिह्न खोलाको दायाँबायाँ गाडिएका छन् । उनले भने,“फिर्के खोलाको सिमाङ्कनको काम अब धेरै बाँकी छैन । हामी छिट्टै यसलाई सम्पन्न गर्दछौँ । ” सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

महानगर प्रमुख आचार्यले  भने, “सिमाङ्कन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ । त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौँ र आवश्यक पूर्वाधार निर्माण गछौँ ।”पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् । बर्खायाममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरितका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ । महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि पर्यटन विकास परियोजना लागू हुनेछ । सिमाङ्कन टोलीमा इञ्जीनीयर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित छन् । पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप