आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुष्पको ‘निष्ठुरी’मा साक्षी

बिहीबार, ३२ साउन २०८०, १२ : ५६
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । 

चान्द सिंहको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी पछिल्लो समय रुचाइएकी मोडल हुन् । थुप्रै भिडियो अभिनय गरेकी साक्षी यसमा अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । 

प्रकाश धितालको निर्देशन रहेको भिडियो हिमालयन म्युजिक एकेडेमीले बजारमा ल्याएको हो । प्रवासमा रहेर नेपाली गति गाउदै आएका गायक गजमेरले यसअघि दर्जन बढी गीत बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप