आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जय हो’ को गीतमा केकी फकाउँदै सलोन

बिहीबार, ३२ साउन २०८०, १५ : ४६
बिहीबार, ३२ साउन २०८०

काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म हो ‘जय हो’ । निर्माण युनिटले फिल्मको तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ सार्वजनिक भएको छ । 

गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोनलाई फिचर्ड गरिएको छ । गीतमा शब्द, संगीत तथा स्वर अभिनेता बस्नेतकै रहेको छ ।  शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन (सरकार) र राज केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगरको अभिनय छ । 

सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स रहेको फिल्म भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आलेमगरको संगीत छ ।

फिल्म सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप