सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

दोरम्बामा प्रचण्ड, तस्बिरमा हेरौँ

बिहीबार, ३२ साउन २०८०, १५ : ५९
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्ला दिनमा केही अल्मलिए पनि अब पुरानै अवस्थामा ल्याइने बताएका छन् । 

बिहीबार रामेछापमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको भन्दै त्यो अवस्थामा सुधार ल्याउने बताएका हुन् । ‘जनता र हामीबीचको सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं, प्रचण्डको भनाइ छ । 

doramba-prachanda (1)

प्रचण्डले हिजो माओवादी रक्तपातपूर्ण क्रान्तिमा भएपनि आज समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेको बताए । ‘अब फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ’, प्रचण्डले भने, ‘आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा पुर्याएर आगामी निर्वाचनमा २०६४ को निर्वाचन जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’ 

कार्यक्रममा पीडित परिवारलाई सम्मान गरिएको थियो । २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै बेला सरकार र माओवादीबीच वार्ता भइरहँदा दोरम्बा घटना भएको थियो । सो घटनामा नेपाली सेनाले नियन्त्रणमा लिएका माओवादीका २१ नेता कार्यकर्ताको हत्या गरेको थियो ।

doramba-prachanda (2)doramba-prachanda (4)doramba-prachanda (5)doramba-prachanda (6)doramba-prachanda (7)doramba-prachanda (9)doramba-prachanda (10)doramba-prachanda (11)doramba-prachanda (13)doramba-prachanda (14)doramba-prachanda (15)doramba-prachanda (16)doramba-prachanda (17)doramba-prachanda (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप