आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्म कार्यक्रम आयोजना

बिहीबार, ३२ साउन २०८०, १६ : १४
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका बाैद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी मनाइने भएको छ । भदौ २ देखि ४ गतेसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रदीप गिरि पवन स्मृति आयोजक समितिले बिहीबार काठमाडौँको बत्तीसपुतलीमा पत्रकार सम्मेल न गरेर कार्यक्रमको जानकारी गराएको छ । आयोजक समितिका संयोजक कञ्चन झाकाअनुसार भदौ २ गते विहान ८ बजे पशुपतिनाथ मन्दिरमा गिरिलाई श्रदाञ्जलीसभाको आयोजना गरिएको छ । 

सोही दिन दिउँसो २ बजे नेपाली कांग्रेस पार्टी कार्यालय हेटौंडामा साँझ पाँच बजे गिरिको व्यक्तित्वबारे चर्चा हुने झाले बताए । भदौ ३ गते विहान ९ बजे विरगञ्जको तिलावे नदीमा अस्तु विसर्जन गरिने छ भने १०ः १५ मा प्रदीप गिरि र मधेसको सम्बन्धनबारे चर्चा गर्ने कार्यक्रम छ । 

भदौ ४ गते भारतको बनार र काशीमा विहान विधिअनुसार गिरिको अस्तु विसर्जन गरिने छ । दिउँसो गिरिका यादगर ठाउँको अवलोकन तथा व्यक्तित्वहरुसँगको भेटघाट कार्यक्रम छ ।

सोही दिन साँझ बनारस विश्वविद्यालयमा गिरिको स्मृतिमा कार्यक्रम आयोजना हुने झाले बताए ।

pradip-giri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप