आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घाँस काटिरहेकी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बिहीबार, ३२ साउन २०८०, १९ : ५१
बिहीबार, ३२ साउन २०८०

बर्दिया । श्रीमतीको हत्या आरोपमा प्रहरीले बिहीबार बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ । 

घरदेखि अन्दाजी ५०० मिटर टाढा धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती 

केस कुमारी बिकलाई धारिलो हतियारले  प्रहार गरेर हत्या गरेका हुन् । 

घटनाको खबरपछि प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सुनारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । 

उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप