आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यापिटल म्याक्स सेक्युरिटिज र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता

शुक्रबार, ०१ भदौ २०८०, ०७ : ५५
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ ।  धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताहरूको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। यस सम्झौता अनुरूप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरूलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुट दिनेछ।

यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरिदिने सो सम्झौता अनुरूप सनराईज क्यापिटलले दक्ष तथा अनुभवी जनशक्ति प्रयोग गर्ने र ८ प्रतिशत सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने  सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाए ।

यस व्यवस्थापन अनुरूप शेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्यूनीकरण गरिदिने विश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतीत लाल श्रेष्ठले व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप