आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वकप्तान मल्ल ब्राण्ड एम्बेसडर नियुक्त

शुक्रबार, ०१ भदौ २०८०, ०९ : ४५
शुक्रबार, ०१ भदौ २०८०

लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लण्डनमा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्  । बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा सञ्चालित 'माया सपोर्टेड लिभिंग लिमिटेड'का लागि मल्ल ब्राण्ड एम्बासडर नियुक्त भएका हुन्  । कम्पनीका निर्देशक एवम् क्रिकेटर राज  पाण्डे र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  

सन् २०१८ मा स्थापना भएको 'माया सपोर्टेड लिभिंग लिमिटेड'ले शारीरिक रुपमा अपाङ्गता भएका तथा  मानसिक रोगबाट पीडित व्यक्तिहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा प्रदान गर्दै आएको छ । कम्पनीमा हाल करिब तीन दर्जन कर्मचारी रहेका र तीमध्ये झन्डै दुई दर्जन नेपालीहरू कार्यरत छन् । जसमध्ये कतिपय क्रिकेट क्लबमा समेत आबद्ध रहेका छन् ।

खेलकुदको माध्यमबाट बेलायतवासी नेपाली समुदायमा केही गर्ने उद्देश्यले मल्ललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको र यसबाट क्रिकेट खेल क्षेत्रमा थप प्रोत्साहन मिल्ने निर्देशक पाण्डेको धारणा छ  । नेपाली क्रिकेट खेलमा मल्लले पुर्‍याएको योगदानको कदर गर्दै हामीले उहाँसँग सहकार्य गरेका छौँ, यसबाट क्रिकेट खेलले थप फड्को मार्नेछ, पाण्डेले भने  । 

भर्खरै सम्पन्न ब्रिटिश नेप्लिज प्रिमिएर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिताका साथै अन्य  विभिन्न नेपाली समुदायमा आफूले सहयोग गर्दै आएको र भावी दिनमा आफ्नो सहयोग निरन्तर रहिरहने पाण्डेले बताए ।

'माया सपोर्टेड लिभिंग लिमिटेड'को ब्राण्ड एम्बेसडर बनेर संस्थागत रुपमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै बेलायती नेपाली समुदायसँग सहकार्य गर्ने अवसर प्रदान गरेकोमा मल्लले माया सपोर्टेड लिभिंग कम्पनीलाई धन्यबाद दिए । कम्पनीका निर्देशक राज पाण्डेले क्रिकेट खेलको लागि गरेको मिहिनेत र सहयोग अत्यन्त सह्रानीय छ, उहाँसँगको सहकार्यले क्रिकेट खेल अझ बढी अघि बढ्ने  आशा एवम् विश्वास गरेको छु मल्लले भने । शारीरिक अशक्त तथा मानसिक रोगबाट पीडितहरूका लागि सेवा र सहयोग पुर्याउंदै आएको यस कम्पनीले नेपालमा पनि यस्तै किसिमको सेवा र सहयोग गर्ने प्रयास गरेमा अझ बढी प्रभावकारी हुने उनले बताए ।

कम्पनीकी अप्रेसन हेड रक्षा थापाले कम्पनीको बारेमा उल्लेख गर्दै खेलकुदको माध्यमबाट फिजिकल र मेन्टल हेल्थको लागि ठुलो फाइदा पुग्ने बताइन् । आफ्नो कम्पनीमा पनि बेलाबखत स्पोर्ट्स एक्टिभिटीज् गर्दै आएको र आफ्ना स्टाफहरुसमेत क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएकोले हाम्रो सहकार्यले यसमा थप सहयोग पुग्ने उनले बताइन् । 

कार्यक्रममा एसिस्टेन्ट म्यानेजर पूजा हाइर, हाउस म्यानेजर आशिस भट्ट, अफिस एडमिन आंचल तिमल्सिना, ट्रेनी म्यानेजर प्रज्ञा आचार्यलगायतको सहभागिता थियो ।

सोही अवसरमा मल्ललाई कम्पनीको लोगो अङ्कित टिशर्ट प्रदान गरिएको थियो । पाण्डेलाई पनि मल्लले क्यानको लोगो अङ्कित टोपी प्रदान गरे ।

अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिए लगत्तै मल्ल लन्डन आएका मल्ल बेलायतमा नेपाली समुदायद्वारा आयोजना गरिएको ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विशेष अतिथिका रूपमा सहभागी भए । यसैगरी बेलायतको मिडल्यान्डमा बर्सेनि हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रूपमा  सहभागी भए ।

नेपाली दूतावास लन्डन पुगेर बेलायतका लागि नेपाली राजदूत यसका साथै उनले  ज्ञानचन्द्र आचार्य लगायत दूतावासका कर्मचारीसँग भेटेर क्रिकेट खेललाई सहयोग गर्न आग्रह गरे । क्रिकेट खेललाई बेलायती नेपालीलगायत विदेशी टिममा समेत सहभागी गराउन विभिन्न पहल गर्दै आएका छन् । 

नेपाल फर्किने तयारीमा रहेका मल्लले केहि समय पारिवारिक गतिविधिमा संलग्न रहने बताए । अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएपनि आफूले क्रिकेटलाई निरन्तर सहयोग गर्ने बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप