सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साम्बाको गोलमा इजरायली क्लबको जित

शुक्रबार, ०१ भदौ २०८०, १२ : १८
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । इजरायली महिला लिग खेल्न हापोएल रानाना क्लबमा आबद्ध भएकी प्रभावशाली नेपाली खेलाडी सावित्रा भण्डारीले आफ्नो पहिलो खेलमै गोल गरेकी छन् । हापोएल रानानाले आफ्नो पछिल्लो खेलमा हादेरालाई २-० गोलले हरायो ।

उक्त खेलमा ‘साम्बा’ उपनामले चर्चित सावित्राले पनि एक गोल गरिन् । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० गोलले पराजित गरेको हो । 

रानानाका लागि आदि गुल्डेन र साम्बाले एक-एक गोल गरेका हुन् । गुल्डेनलाई पनि गोलका लागि सावित्राले नै पास उपलब्ध गराएकी थिइन् । सावित्रा युरोपमा लिग खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप