आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विद्युत प्राधिकरण वार्षिकोत्सव

विद्युत् निर्यातभन्दा आयात बढी : अघिल्लो वर्ष भारतबाट १ अर्ब ८३ करोड युनिट आयात

शुक्रबार, ०१ भदौ २०८०, १२ : ५०
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । जलविद्युततर्फको व्यापारमा पनि नेपाललाई घाटा लागेको छ । पछिल्ला वर्षहरूमा मुलुकले जलविद्युत निर्यात गरेर आकर्षक नाफा कमाइरहेको बताइए पनि औसत निर्यातभन्दा आयातकै परिणाम बढी देखिएको हो । 

शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष नेपालले भारबाट १ अर्ब ८३ करोड युनिट विद्युत् आयात गरेको बताए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । 

तर सोही अवधिमा नेपालले १ अर्ब ३४ करोड युनिट विद्युत् निर्यात गरेको छ । समीक्षा वर्षमा नेपाललाई विद्युत् आयात/निर्यातबाट ४९ करोड युनिट घाटा लाग्न पुगेको छ । तथापि, अघिल्लो वर्ष जम्मा ४९ करोड युनिट मात्र विद्युत् निर्यात गरेको नेपालले यो वर्ष १७३.४७ प्रतिशतले निर्यात वृद्धि गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप