आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

जहाज चार्टर्ड गरेर एकैपटक २ सय बंगलादेशी पर्यटक नेपालमा, पञ्चेबाजासहित स्वागत (तस्बिरहरु)

शुक्रबार, ०१ भदौ २०८०, १३ : ४७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ ।  बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । सो कार्यक्रमअन्तर्र्गत शुक्रबार पहिलो समूह नेपाल आएको हो । 

bangali-tourist (3)

जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। 

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन्।

bangali-tourist (4)

यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ । एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो।

bangali-tourist (7)bangali-tourist (8)bangali-tourist (9)bangali-tourist (10)bangali-tourist (11)bangali-tourist (12)bangali-tourist (13)bangali-tourist (14)bangali-tourist (15)bangali-tourist (16)bangali-tourist (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप