सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

शुक्रबार, ०१ भदौ २०८०, १३ : ५८
शुक्रबार, ०१ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । 

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप