आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा बास्कोट सहरी स्वास्थ्य केन्द्र शिलान्यास

शुक्रबार, ०१ भदौ २०८०, १४ : १८
शुक्रबार, ०१ भदौ २०८०

कास्की । कास्कीको बास्कोटमा बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं.२४ बन्ने केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् ।

स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताएका छन् । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने मेयर आचार्यको भनाइ छ । महानगरका वडाहरूमा ल्याव परीक्षण सहितका शिविरहरू सञ्चालन अभियान समेत थालिएको उनको भनाइ छ ।

वडाअध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले स्थानीय नागरिकहरूलाई सुविधा हुने भन्दै सामान्य स्वास्थ्य समस्याका लागि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । ४ करोड लागतमा वर्षभित्र निर्माण सम्पन्न गरिने उक्त भवन २ तले हुनेछ । यसअघि वडा नम्बर २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा आइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप