आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

आँखा पाक्ने रोग फैलिएसँगै बजारमा ‘आई ड्रप’को अभाव

शुक्रबार, ०१ भदौ २०८०, १७ : ५३
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने ‘आई ड्रप’को अभाव हुन थालेको छ । सर्वसाधारणले फार्मेसीमा आँखामा राख्ने ‘आई ड्रप’ सहज रूपमा नपाएको गुनासो गरेका छन् । 

तर, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा आँखा पाक्दा राखिने ‘आई ड्रप’ को मौज्दात पर्याप्त रहेकाले अभाव हुने अवस्था नरहेको जिकिर गरे । 

आई ड्रप उत्पादन गर्ने उद्योगहरू नेपाल नेसनल हेल्थ केयर कम्पनी र एभरेस्ट नामक कम्पनीले औषधि उत्पादन गरिरहेकाले औषधि पर्याप्त भएको उनको भनाइ छ । 

भारतसहित नेपालमा पनि आँखा पाक्ने रोग फैलिएकाले सङ्क्रमित नभएका व्यक्तिले समेत किनेर स्टक राखेकाले समस्या भएको हुन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘घरमा एक जना व्यक्तिको आँखा पाक्यो भने अन्य ४÷५ जना परिवारका सदस्यलाई पनि सर्छ भनेर पहिलै आई ६÷७ वटा ड्रपहरू किनेर राख्दा कतै कतै नपाइन सक्छ ।’ 

महानिर्देशक ढकालका अनुसार आइ ड्रप जहाँसुकै नहुन पनि सक्छ । जहाँ आँखा अस्पताल छन्, त्यहाँ नजिकका फार्मेसीमा भने पाइने उनको भनाइ छ । 

उता आँखा रोग विशेषज्ञ डा. अञ्जना शर्माले हाल आँखा पाक्ने भाइरल कन्जङ्ग्टिवाइटिस विरुद्धको कुनै खास औषधि नै नभएको बताइन् । उनले भनिन्, ‘आँखा पाक्दा बाहिरको ब्याक्टेरियाले आक्रमण नगरोस् भनेर एन्टियाइटिक ड्रप प्रयोग गर्न विशेषज्ञहरूले राख्न सुझाव दिँदै आएका छन् । तर, यसको खास औषधि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप