बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वन पैदावारको व्यवस्थित उपयोग गर्न प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

शुक्रबार, ०१ भदौ २०८०, १८ : १२
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।  

समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनहरुलाई समसामयिक बनाउन निर्देशन दिएको हो । समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए । उनले जलवायु परिवर्तन र यसले पु¥याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिए ।

सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले  प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलार्ई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप