बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

'वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आयो'

शुक्रबार, ०१ भदौ २०८०, १८ : ५७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताएकी छन् । 

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले दुई वटा  संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको बताइन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले जलवायु परिवर्तनले कृषि प्रणाली र मानवलाई क्षति भएको बताए । उनले वन विनास हुनुमा र व्यापक रुपमा जलवायु परिवर्तन आउनुको कारण डढेलो पनि रहेको बताए ।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले हिमाल जोगाऔँ भन्ने मात्रै नभई अब पहाड जोगाऔँ भन्नुपर्ने बेला आएको बताए । 

गौतमले पहाड नजोगाउने हो भने हिमाल नजोगिने बताए । उनले हिमालसँगै पहाडले पनि क्षति पु¥याएको भन्दै वन जंगलको उचित तरीकाले संरक्षण गर्र्नुपर्ने बताए । 

गौतमले हिमाल, पहाड जोगाउन अमेरिका, युरोप, अष्ट्रेलिया, मरुभूमि भएको ठाउँमा नभई नेपालमा नै सम्मेलन गर्नुपर्ने आवश्यकता आँैल्याए ।

गौतमले हिमाल जोगाउन नसके सबैभन्दा नोक्सानी नेपाललाई हुने र दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशसमेत प्रभावमा पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप