आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : अर्थमन्त्री महत

शनिबार, ०२ भदौ २०८०, १३ : ०४
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ९(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
 
‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो,’ उनले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनुभएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’
 डा.महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क समेत गरे । भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’ कोही व्यक्ति छैन भने अर्को आउँने भएकाले पार्टी अविछिन्न तरिकाले अघि बढ्ने महतको भनाई छ ।
 

‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ,’ उनको भनाई छ । यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउँदै यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले नसोचेको बताए । सोहीकारण यस्ता काम सधैं गरिरहेको उनले बताए । तर कांग्रेसले देखाउनका लागि मात्र काम नगरेको समेत उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप