आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी

शनिबार, ०२ भदौ २०८०, १५ : ५९
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । काठमाडौँको बसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो । 

प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन सो प्रदर्शनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुसीका साथ गरेका क्रियाकलापहरू समावेश गरिएको तस्बिरहरू छन् । एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुसीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।

368593223_614011013945136_1684947028412780894_n368826690_1025694971790428_4528223950806554125_n368873209_946094153152474_366553401162973591_n

368902619_993380948384483_7936603987275485114_n368697794_305756835301360_1225544391205697654_n368705736_6509838925769446_8589699963722888096_n368813106_702607711707908_6792938917041909559_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप