आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा लागु औषधसहित ३ जना पक्राउ

शनिबार, ०२ भदौ २०८०, १६ : २६
शनिबार, ०२ भदौ २०८०

कैलाली । कैलालीमा अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरी, धनगढी उपमहानगरपालिका- ४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगी रहेका छन् ।

प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

चौधरीलाई शुक्रबार राति पक्राउ गरिएको हो भने डाँगी दम्पतीलाई थप अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप