सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयोजक अस्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

शनिबार, ०२ भदौ २०८०, १६ : ३९
शनिबार, ०२ भदौ २०८०

सिड्नी । आयोजक अस्ट्रेलियालाई हराउँदै स्वीडेनले महिला विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार भएको खेलमा स्वीडेन २–० गोलले विजयी बन्दै लगातार दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो हाफमा क्लेर हन्टले स्टिना ब्लाकस्टेनसलाई लडाएपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसलाई फ्रिडोलिना रोल्फोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाइन् । दोस्रो हाफमा कोसोभारे अस्लानीले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

अस्ट्रेलिया खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल भएको थियो । चौथो स्थानमा सीमित भए पनि विश्वकपमा अस्ट्रेलियाको यो सबैभन्दा राम्रो प्रदर्शन हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप